Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कीर्तिपुरको खोलामा पौडी खेल्दा फसेका दुई बालकको उद्धार


    शनिबार, साउन २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कीर्तिपुरको बल्खु खोलामा फसेका दुई जना बालकको उद्धार गरिएको छ।

    आज शनिबार दिउँसो कीर्तिपुर नगरपालिका-२ बल्खु खोला जिरो पोइन्टमा पौडी खेल्न गएका दुई जना बालकको उद्धार गरेको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए।

    कलंकी बस्ने ११ वर्षीय सुमित आचार्य र १२ वर्षीय रिदम अधिकारी छन्।

    पौडी खेलिरहँदा पानीको बहाव एक्कासी बढेपछि उनीहरू खोलाको बीचमा फसेका थिए।

    उनीहरू निस्किन नसकेपछि अरूले देखेर प्रहरीलाई बोलाएका थिए।

    प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो।

    दुबै बालकलाई प्रहरीले वृत्तमा लगेको छ। परिवारलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार