काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले निजामति कर्मचारी युनियनको निर्वाचन रोकेर सरकारले संविधानप्रदत्त मौलिक हकको हनन् गरेको बताएको छ।
‘सरकारले निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सार्ने कार्य गरी संविधानप्रदत्त मौलिक हकको हनन् गरेको छ। जसका कारण नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागका प्रमुख शिवप्रसाद हुमागाइँले बिहीबार विज्ञप्ति निकालेर भनेका छन्।
सरकारले लोकतन्त्रमाथि नै प्रहार गरेको उनले आरोप लगाए।
‘संविधानको धारा १७ बमोजिम संघ–संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप गरी लोकतन्त्र माथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको छ,’ उनले भनेका छन्, ‘कांग्रेस कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकार माथि हुने अतिक्रमणको भर्त्सना गर्दछ।’
आफू अनुकूल परिणाम नआउने देखेर युनियनको चुनाव सरकारले सारेको आरोप कांग्रेसको छ।
‘निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भै सकेको अवस्थामा विभिन्न वाहनावाजी गरी आफू अनुकूल परिणाम नआउने देखी विधि विधानलाई लत्याई पेशागत सम्मान, मौलिक हक र युनियन अधिकार माथि अंकुश लगाउने र एकदलीय संस्कारको पुनरावृत्ति हुने किसिमको सरकारको निर्णय तत्काल फिर्ता गरी निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन नेपाल सरकारसँग माग गर्दछौं,’ उनले भने।
असोज २४ मा हुने भनिएको कर्मचारी युनियनको चुनाव सरकारले मंसिर २७ गतेका लागि सारेको छ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend