Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनील शर्मा पक्राउ अप्रत्याशित र आपत्तिजनक : कांग्रेस


    शुक्रबार, साउन २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो ।

    बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ‘यो आपत्तिजनक र अप्रत्यासित छ । दलको बैठक जारी छ । यसबारेमा हामी थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौ ।’

    शर्मा नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

    संसदीय दलको अर्को बैठक आइतबार साढे १२ बजे पुनः बस्ने उनले बताए । शुक्रबारको बैठकमा १९ जना सांसदहरुले धारणा राखेका छन् । यसबाहेक कांग्रेसले जनजीविकाका सवालमा अन्य चारवटा विषयमा निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार