Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली-प्रचण्ड छलफल जारी, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने


    बिहिबार, असोज ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । दुई अध्यक्षबीच आज मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल हुने बताइएको छ।

    प्रम ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु गरिसकेका छन् । यसका लागि उनले सचिवालयमा प्रस्ताव समेत राखिसकेका छन् । यस्तै  प्रम ओलीले नै केहीसमयदेखि मन्त्रिपरिषद् परिवर्तन गर्न चाहिरहेको नेकपा स्रोतको दावी छ । 

    यो पटक मन्त्रिपरिषद् पुनर्गठनमा दुई वर्ष कार्यकाल पूरा गरेकालाई हटाइने तयारी रहेको बताइन्छ । यस्तै रिक्त रहेको अर्थ, सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री बनाउने तयारी भएको स्रोतले बताएको छ ।

    यस्तै ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय फुटाएर ऊर्जा र जलस्रोत तथा सिञ्चाई मन्त्रालय अलगअलग बनाउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग्गै बनाउने तयारी समेत रहेको बताइन्छ ।

    यी विषयमा दुई अध्यक्षबीच कुरा मिल्नासाथ नै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । यसका लागि नै  दुई अध्यक्षबीच आजको छलफल भएको बुझिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार