Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तेस्रो विवाह गर्न बेल्जियम पुगेका निशानीले नेपाली युवाहरुलाई भनेः ‘तिमीहरुको चेतना थुक्क‘


    सोमबार, चैत्र १७ २०७६
    630
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं । हरेक पक्षलाई नकारात्मक दृष्टिकोण र विचार पस्केर जसरी पनि चर्चामा आउन चाहने दिल निशानी । एकतिर समर्थकको ओइरो आउँछ, अर्कोतिर उत्तिकै आलोचना । आलोचकहरुले तुच्छ शब्दमा भन्ने बजारको नाम ‘दिले‘ ।

    माओवादी जनयुद्धकालमा केही समय बागलुङमा अखिल (क्रान्तिकारी)का सदस्य बनेका उनै निशानी फेरि यो महामारीमा बेल्जियममा नयाँ दुलहीसँग हनिमुन मनाउँदै नेपालीप्रति अनेक लाञ्छना लगाइरहेका छन् । उनले आफ्नो पेजमा लेखेका छन्–‘महावीर पुन दाइले टेलरलाइ सिलाउन दिएको कथित पीपीई खसीको मासु पकाउँदा किचनमा लगाउनुहोला ।‘ 

    लकडाउनमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताहरुले आफ्ना सम्झनाका पुराना तस्वीरहरु राखेका छन् । त्यसमा समेत निशानीले टिप्पणी गरेका छन् । उनले नेपाली युवाहरुलाई व्यंग्य गर्दै लेखेका छन्–‘अरु देशका युवाहरु कोरोनाको खोप के कसरी बन्ला, वैज्ञानिकहरु के गर्दैछन् होला भनेर रिपोर्ट खोज्दैछन् । हाम्रो देशका युवाहरु फेसबुमा अर्काको पुरानो फोटो कस्तो छ, कता छ, भनेर खोज्दैछन् । थुक्क चेतना ।‘

    हरेक पटक चर्चामा आउन चाहने निशानी आफूलाई स्वघोषित ‘पव्लिक फिगर‘ को परिचय दिंदै हिंडेका छन् । शान्ति प्रक्रियापछि बागलुङ बजारमा हल्लिने निशानी दुबई पुगे काम गर्न । त्यहाँ रहँदा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ प्रति प्रहार गरी लेखनी शुरु गरे । अनलाइन मिडिया भर्खर मूलधारबाट आएकाले चलाइरहेको ‘सेतोपाटी‘ ले उनको लेखलाई खुब प्रचार–प्रसार गर्यो । 

    ती लेख प्रयाजित थिए वा उनकै बिचार ? धेरै टिक्न सकेनन् । निशानी नेपाल आएपछि सेलीब्रेटी जस्तो बने । केही समय प्रधानमन्त्री केपी ओलीका हालका प्रेस सल्लाहकार सूर्य थापाको सामिप्यतामा पनि रहे । 
    तर, एकाएक ९० डिग्रीमा फर्किए निशानी । प्रचण्डका हरेक बोली र भाषणको समर्थनमा फेरि लेख लेख्न र सामाजिक सञ्जाल चलाउन थाले । त्यो वातावरण प्रचण्डपुत्र स्वर्गीय प्रकाश दाहालले मिलाएका थिए । संयोग अहिले स्वर्गीय दाहालको साढुदाइ बने निशानी । 

    स्वर्गीय दाहाल पत्नी खानेपानी मन्त्री विना मगरकी दिदी कल्पना मगरसँग निशानी विवाह गरेर बेल्जियन नागरिक बन्ने धुनमा उतै बसेका छन् । बेल्जियमको लुभेनमा कल्पनाको सुशी हाउसमा भित्र लुकेर भाँडा माझ्दै गरेको एक नेपालीले बेल्जियमबाट जानकारी गराए । कल्पना मन्त्री बिनाकी ठूलीआमाकी छोरी हुन् । कल्पनाले केही वर्षअघि श्रीमानसँग छोडपत्र गरेर छोरीका साथ लुभेनमा बस्दै आएकी छिन् ।

    केटी र रक्सीका पारखी । जसरी भए पनि पैसा र सम्पत्ति जोड्ने धुनमा रहेका निशानीले बागलुङ बजारमा घर बनाएर एक छोरा, एक छोरी छोडेर अहिले कल्पनासँग बिवाह गर्न पुगेका छन् । काठमाडौंमा करिव ४ वर्ष जति बिताएका निशानी एक ५५ वर्षकी राई थरकी महिलासँग विवाह गरेर उनकै घरमा बस्थे ।

    राई जातिका एक प्रसिद्ध नेताको नाममा स्थापित ‘प्रतिष्ठान’ का अध्यक्ष अर्थात् जसको नाममा प्रतिष्ठान खोलिएको छ । उनीसँग विभिन्न भिडियो क्लिप बनाएर धम्की दिई राईको नाममा काठमाडौंमा रहेको घरसमेत निशानीले आफ्नो नाममा नामसारी गरेर बेल्जियम सुईकुचा ठोकेका हुन् । 

    विश्व कोरोनाको महामारीले आक्रान्त बनाएको बेला निशानी नेपालबाट भागेर नेपालीलाई नै उडाउने काममा लागिरहेका छन् । समर्थन र विरोध गर्न पाइन्छ तर, सबै कुरामा नकारात्मक दृष्टिकोण बनाउने निशानीको बानी भने गजबकै छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार