Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोटेकोशीमा २० लाखको राहत तथा उद्दार कोष


    सोमबार, चैत्र १७ २०७६
    845
    Shares
  • २ मिनेट पाठ
  • सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाले कोरोना भाइरसबाट संक्रमित नागरिकहरूको उद्दार तथा उपचारका लागि २० लाख रकमको भोटेकोसी गाउँपालिकास्तरीय कोरोना राहत तथा उद्दार कोष निर्माण गरेको छ । 

    कोषमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत तर्फबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ जम्मा गर्नुभएको छ । पालिकाले कोषमा इच्छुकले रकम जम्मा गर्न आग्रह गरेको छ । इच्छुकले भोटेकोसी गाउँपालिकास्तरीय कोरोना राहत तथा उद्दार कोषको नेपाल बङ्गलादेश बैंक लि., तातोपानी शाखामा रहेको खाता नं ०९२०००१२४१ आर्थिक सहयोग जम्मा गर्न सकिने अध्यक्ष पौडेलले बताउनुभयो ।

    त्यस्तै पालिकाले तातोपानी सिमानाकामा सशस्त्र, नेपाल प्रहरी र मेडिकल टिम परिचालन गरेको छ । पालिकामा खाद्यान्न संकट नहोस् भनेर जीवन सुधार सहकारीमार्फत् सुपथ मूल्यमा खाद्यान्न बिक्री गरिने अध्यक्ष पौडेलले बताउनुभयो । पालिकाले २ वटा गाडी भाडामा लिएर एउटा प्रहरीलाई र एउटा बिरामी बोक्नको लागि प्रयोग गरिरहेको जनाएको छ ।

    गाउँपालिकामा अन्तर्राष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइने भएको छ । ‘गाउँ कार्यपालिका र व्यवसायीसँग छलफल गरी थप सुरक्षा सावधानीको व्यवस्था मिलाउँदैछौँ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भन्नुभयोे, ‘डब्लुएचओको मापदण्डअनुसार हेल्थ डेस्क सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार