काठमाडाैं । विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो। केही देशका राष्ट्रिय सेनामा नेपाली नागरिकलाई भर्ना हुने अनुमति रहेको पनि सबै देशका लागि त्यस्तो नीति नरहेको उल्लेख गर्दै विज्ञप्तिले युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ।
विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने गरेको इतिहास लामो छ। बेलायती र भारतीय सेनामा नेपाली नागरिकले आफ्नो वीरता र पराक्रम देखाउने गरेको इतिहाससँग विश्व जानकार छ। दुवै देशसँगको ऐतिहासिक सम्झौताको विरासतमा हालसम्म लाखौं नेपाली नागरिक भर्ती भएर सेवा दिइसकेका छन्, अझैं हजारौं कार्यरत छन्। परराष्ट्र मन्त्रालयको ध्यान भने भारत र बेलायतको सेनामा नेपाली नागरिक भर्ना हुने गरेको विषयले तानेको होइन।
मन्त्रालयको विज्ञप्तिले नै त्यसको प्रमाणका रूपमा रहेको छ। ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गर्दै भनेको छ, ‘यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ।’
परराष्ट्र मन्त्रालयलाई यो विज्ञप्ति निकाल्न बाध्य हुनुको कारण युक्रेनसँग युद्धरत शक्तिराष्ट्र रुसमा भइरहेको गतिविधि हो। पछिल्लो समय नेपाली युवाहरू रुसी सेनामा धमाधम भर्ती भइरहेको खबर सामाजिक सञ्जाल र सञ्चार माध्यममा आइरहेका छन्। रुसी सेनामै भर्ती भएका नेपाली युवाहरूले टिकटकमा आफ्नो अनुभव राख्न थालेका छन्। विशेषगरी अध्ययनका लागि रुस गएका नेपाली युवाहरू अहिले रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध युद्ध लडिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विद्यार्थीबाहेक पूर्वसैनिक र प्रहरीहरूले पनि रुसी सेनामा भर्ना हुन चाहिरहेका बिबिसीले जनाएको छ। बिबिसीकै एक रिपोर्टअनुसार नेपाली नागरिकलाई रुसी सेनामा मासिक ६० हजारदेखि ३ लाख नेपाली रूपैयाँसम्म दिने गरिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend