काठमाडौं । नेपालमा अत्यधिक रुपमा बिक्री हुने इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले ‘लक्की ड्र’ कार्यक्रम सम्पन्न गरेको छ । देशभरिबाट १२ हजार व्यवसायीले भरेको कुपनको आधारमा गरिएको लक्की ड्रमा विजेतालाई साइकल, मोबाइल, टिभी, बाइक र मारुती भ्यान प्रदान गरिएको छ । एग्रो थाई फुड प्रा.लि.ले उत्पादन गरेको इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले विगत केही समयअगाडि यो उपहार योजना ल्याएको थियो ।
‘म्याक्स टाइगर लक्की ड्र’ मा काठमाडौंको आरुबारीस्थित अमित स्टोर (३४०५१ कुपन नम्बर) ले मारुती भ्यान जितेको छ । काठमाडौंको गैरीधारामा आयोजना गरिएको ‘लक्की ड्र ओपन’ कार्यक्रममा अमित स्टोरलाई भ्यान उपहार परेको हो ।
देशभरिबाट १२ हजार व्यवसायीले भरेको कुपनको आधारमा गरिएको लक्की ड्रमा अमित स्टोरलाई मारुती भ्यान उपहार परेको हो । कार्यक्रममा १० जनलाई माउन्टेन बाइक (साइकल), ५ जनालाई मोबाइल, ३ जनलाई टिभी र २ जनालाई होन्डा युनिकोन बाइक परेको छ ।
माउन्टेन बाइक पाउनेहरु बिस्मार्ट (गोंगबु), आर.बी.के. स्टोर (बनेपा), प्रकाश स्टोर (गौर), गणेश टे«डर्स (हिले), ४२८९५ कुपन नम्बर, सुमन एन्ड सुदन स्टोर (तुलसीपुर), कल्पना इण्टरप्राइजेज (शान्तिनगर), ४८०३८ कुपन नम्बर, प्रशन्न प्राप्ती (गोलढुंगा) र ३७७८० कुपन नम्बर रहेका छन् ।
त्यस्तै, स्मार्ट मोबाइल पाउनेहरू आयुसा (कोहलपुर), ४३९६ कुपन नम्बर, ३७८११ कुपन नम्बर, ४८२५१ कुपन नम्बर, ३७४६५ कुपन नम्बर र एक जनाको नाम र कुपन नम्बरसमेत भएको परेका छन् ।
यस्तै, ४० इन्चको टिभी पाउनेहरू श्रेष्ठ स्टोर, ४११५४ कुपन नम्बर र हरि भट्ट (धादिङ, ३४४६९ कुपन नम्बर) रहेका छन् । ७५ इन्चको टिभी ४८१८३ कुपन नम्बरलाई परेको छ । होन्डा युनिकोन बाइक पाउने ३२०३४ कुपन नम्बर कालिमाटीका धनन्जय र ३७७८४ कुपन नम्बर रहेका छन् ।
कार्यक्रममा विशेष अतिथिका रुपमा मदिरा व्यवसायी संघ, काठमाडौंका अध्यक्ष राजन केसी, नेपाल चेम्बर अफ कमर्स प्रचारप्रसार विभागका प्रमुख सन्तोष पान्डे, मदिरा व्यवसायी संघ, ललितपुरका अध्यक्ष उपेन्द्र लाखे, मदिरा व्यवसायी संघ, भक्तपुरका अध्यक्ष जीवन शाहीलगायतको उपस्थिति थियो । एग्रो थाईका जनरल म्यानेजर विकास बरालले कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरूलाई स्वागत गरेका थिए ।
एग्रो थाई फुडले उत्पादन गरेका म्यास टाइगरसँगै टाइगर सार्क, टोनिक वाटर, जीरा कोला, सोडा, एप्पल एक्स, ओआरएस स्पोर्टलगायत १८ भन्दा बढी ब्राण्डका पेय पदार्थहरु नेपाली बजारमा लोकप्रिय छन् । यी उत्पादनहरूले नेपालको ६० प्रतिशतभन्दा बढी बजार ओगटेका छन् ।
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन...
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend