Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने- हेर्नुस् त, लाजै नमानी हामीलाई १७ हजारे भन्छन्


    आइतबार, साउन २१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धीलाई रक्षा गर्न नेता तथा कार्यकर्ताहरूको आत्मविश्वास हराउँदै गएको टिप्पणी गरेका छन्।

    काठमाडौंको कमलादीमा आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको सवालमाथि जवाफ दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी पार्टीजस्तो नभएको बताए।

    उनले प्रतिक्रान्तितिरै फर्किने खतरा भएको पनि बताए। अहिले पनि पार्टीमा शान्ति प्रक्रिमा आउनु सही हो कि गलत हो भनेर बहस भइरहेको र त्यो बहस निकै लामो समयसम्म चल्ने उनको भनाइ छ।

    ‘तपाईंहरुले पनि कुरा राख्नुभयो, सोसियल मिडियामा भनिने हत्याराका कुरा मानौं ब्रह्मज्ञान उनीहरूलाई छ, सत्यको पक्षमा उनीहरु मात्रै छन्। हामी सबै अपराधी हौं जस्तो गरी बोल्छन्, यसको पछाडी कुन वर्ग छ त्यो पहिचान गर्नुपर्छ,’ प्रचण्डले भने, ‘हेर्नुस् त, एकथरी मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारीको कुरा गरिरहेका छन्।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार