डडेल्धुरा। लागुऔषधसहित दुई युवक डडेल्धुराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ बस्ने ३२ वर्षीय गणेश धामी छन्।
आइतबार बिहान करिब पौने ८ बजेतिर उनीहरूलाई डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन बरामद गरिएको छ। धनगढीबाट अछामतर्फ जाँदै गरेको सुपप्र०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको डिएसपी भट्टले बताए।
‘दुवै जनाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेका छौँ’, उनले भने, ‘मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।’
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend