Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायाधीशका पिएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ


    आइतबार, साउन २१ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको एसपी कुमोद ढुंगेलले जानकारी दिए।

    प्रहरीले सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङलाई गत शुक्रबार पक्राउ गरेको हो।

    उनीहरूले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित खड्काको घरमा गत असार ३० गते पेस्तोल चोरी गरेको आरोप छ।

    त्यसदिन अन्य घरमा पनि चोरी भएको एसपी ढुंगेलले बताए। उक्त घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार