काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेका दुवै निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ।
गौतमविरुद्धका दुवै निवेदनको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ। अजा प्रकाशित पेशीसूची अनुसार, अधिवक्ता बद्रीराज भट्टले दर्ता गरेको निवेदन पहिलो क्रममा छ भने त्यसलगत्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदन छ।
दुवै जनाले गौतमको मनोनय बदर गर्न माग गरि निवेदन दिएका थिए। गौतम प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए। प्रतिनिधिसभामा पराजित व्यक्तिलाई त्यहि अवधिमा राष्ट्रिय सभामा मनोनित गर्नु संविधान विपरित भएको जिकिर गर्दै दुवै जनाले निवेदन दिएका थिए।
निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेकपालाई पनि विपक्षी बनाइएको छ। प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित थिए।
तर मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले असोज १ गते गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend