काठमाडौं । भारतको आनन्द बिहारमा रेष्टुराँ, होटल र कोठीमा काम गर्ने नेपाली कामदारलाई त्यहाँका मालिकहरुले जवर्जस्त घरफिर्ता पठाएका छन् । कामबाट निकालिएका उनीहरु नेपालमा आउन समेत नपाएपछि अलपत्र परेका छन् । काम बन्द भएपछि हजारौं नेपाली अलपत्र परेर सडकबास भएका छन् । कति चाहिँ बेखर्ची समेत बनेका छन् । काम गर्ने ठाउँबाट निकाल्ने बस्नै नदिने जस्ता अमानवीय काम गर्दा पनि नेपाली राजदूताबासका कोही अधिकारीहरु सम्पर्कमा आएका छैनन् ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य
भारत सरकारले आ–आफ्नो घर जाने भन्दै दुई दिनका लागि छुट दिएको अवस्थामा नेपाली आफ्नो जन्मघर फिर्ता आउन लागेका हुन् । आनन्द बिहारमा खान नपाएर महिला बालबच्चाहरु पनि अलपत्र परेको खबर प्राप्त भएको छ । गाजियावादमा काम गरेका एक नेपाली घर फर्कनका लागि उनले नेपाली दूतावासमा कुरा गर्दा कुनै सुनुवाइ नभएको बताए ।
भारतमा लकडाउन भएपछि दिल्लीको गाजियावादबाट आफ्नो जन्मघर अर्घाखाँचीको मालारानी गाविसमा फर्केका झण्डै ७० जनाको टोली सुनौली बोर्डरमा फसिरहेको छ । मालारानी गाउँपालिका वडा नम्बर ४ का राजेन्द्र खनालसहित झण्डै ३ सय जनाको टोली सुनौली बोर्डरमा अलपत्र परेका छन् । उनीहरु अहिले काम गरिरहेको ठाउँबाट निकालिदिएपछि अहिले अलपत्र परेका हुन् । ८० जनाको दरमा गुल्मी र अर्घाखाचीका झण्डै ३ सय जनाको उक्त टोलीमा हामीलाई टेलिफोन सम्पर्कमा आएकामध्ये मालारानी गाउँपालिका वडा नम्बर–४ का टिकाराम खनाल, रवि पोखरेल, धनेश्वर रिजाल, टोपलाल परियार, शोभाखर वि.क, चन्द्र बि.क., सुभाष बि.क., अर्जुन परियार, गोपाल खनाल, भोजराज खनाल, रामु बि.क., भीम बि.क, रामप्रसाद रिजाल, विष्णुप्रसाद खनाल, यादव खनाल, टेकराज खनाल, पशुपति पोखरेल, विष्णु पाण्डे छन् ।

मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य
त्यसैगरी रुकु बि.क.मालारानी–१, मालारानी ५ कै सुरज केसी, मालारानी–३ का नारायण खनाल, अर्जुन खनाल, खोमलाल खनाल, चिन्तामणि खनाल, गोविन्द खनाल, सुनील खनाल छन् ।
त्यसैगरी महारानी गाउँपालिका–९ का बेलबहादुर खनाल, मालारानी –२ का अशोककुमार कार्की, मालारानी –५ का देबेन्द्र बस्नेत छन् । त्यसैगरी गुल्मी रेसुङ्गाका तेजबहादुर बस्नेत, घुर्कोटका हरि खनाल, भेषराज भुसाल लगायतका छन् ।
मालारानी गाउँपालिका –४ का राजेन्द्र खनालका अनुसार नेपाल बोर्डरमा हिंडेर नेपाल आउन दिएको भन्ने समाचार जानकारी पाएका कारण नेपाल फर्केको बताए ।
यसै विषयमा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यसँग सम्पर्क गर्दा आफ्नो गाउँपालिकाका १ सय ९५ जना व्यक्तिहरु सीमामा फसेको र आफूले आजै ल्याउन पहल गर्ने बताए । भोलिदेखि भने विदेशबाट आउने कुनै पनि मानिसलाई आफ्नो पालिकामा व्यवस्थापन गर्न नसक्ने बताए ।