Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु


    बिहिबार, साउन १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गुल्मी। गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडा थोककी ३६ वर्षीया फुलकुमारी नेपालीको बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

    ढुङ्गेठाटी हर्लेखानी सामुदायिक वनमा फुलकुमारी आफ्ना छोरी र छिमेकीहरु संग घाँस काट्न गएकी थिइन्। करिब २०० मिटर तल खसेकि नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए।

    घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको नेतृत्वमा ५ जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार