Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई बालिकामाथि करणी गर्न खोज्ने एक युवक पक्राउ


    बिहिबार, साउन १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही । दुई बालिकामाथि एकैरात करणी प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवालाई पक्राउ गरेको छ ।

    तानसेन नगरपालिका वडा नं ४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई यो विषयमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    ठडराईले गएको आइतबार रातिको समयमा अन्दाजी करिब ९ बजे तानसेन बस्ने ११ वर्षीया बालिकालाई करणीको प्रयास गरेका थिए भने सोही राती तानसेनकै १३ वर्षीया बालिकालाई रातको करिब १ बजेको समयमा करणी प्रयास गरेका थिए ।

    पीडितको जाहेरीको आधारमा आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

    ‘पीडितको पक्षबाट जाहेरी आएपछि हामीले अनुसन्धानको लागि आरोपितलाई ल्याएका छौं, अनुसन्धानबाट घटना के कसरी भएको हो भन्ने खुल्नेछ’ थापाले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार