Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य


    बिहिबार, साउन १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

    समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ, टनेल गोलभेडा सानो ९४, घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४५, लौका ४०, हरियो फर्सी ६०, स्कूस ६० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ३०, ब्रोकाउली १००, कागती १३० रुपैयाँ, भिण्डी ३५, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरिलो प्रतिकेजी ३५०, केरा दर्जनको १४०, अनार ३२० रुपैयाँ, नासपाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवी ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

    यस्तै, मालदह आँप १८०, हरियो धनियाँ ८०, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २६०, रुख कटहर ३०, भेडे खुर्सानी ६० मा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार