काठमाडौं । एक क्वीन्टल सुन प्रकरणमा साउन १४ गते पक्राउ परे चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ लामा। उनले काभ्रेबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको पुष्टि भएको छ। तर, अचम्मलाग्दो के छ भने, उनले नागरिकता लिँदा पेश गरेका कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालय काभ्रेमा छैनन्। त्यति मात्र होइन, उनलाई नागरिकता दिने अधिकृतको हस्ताक्षरसमेत सरकारी रेकर्डमा छैन। त्यसैकारण दावाले ‘ठूलै सेटिङ’ गरेर नागरिकता लिएको सरकारी अधिकारीहरू बताउँछन्।
दावाले २०७४ साल पुस २० गते जिप्रका काभ्रेबाट नेपाली नागरिकता लिए। उनले ‘निमा तामाङ’ को नामबाट नागरिकता लिएका थिए, त्यो पनि वंशजका आधारमा। जिप्रका काभ्रेकाअनुसार उनको नागरिकता प्रमाणपत्र नम्वर ३०–०१–७४–११८६८ हो। नमोबुद्ध नगरपालिका वडा नम्बर ११ उनको स्थायी ठेगाना राखिएको छ। बुवाको नाम पेमा तामाङ राखेर सनाखत गरिएको जिप्रकाको डाटामा देखिन्छ। तर, त्यसबेला पेश गरिएका अन्य कुनै पनि कागजात भने छैनन्।
उनले नागरिकता लिएका दिनको अनुसुचि भरेको फारम जिल्ला प्रशासन कार्यालयमा नभएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए। यस्तै, दावाका बुवा भनिएका पेमा लामा को हुन् भन्ने बारे पनि जिप्रकामा कुनै अभिलेख छैन।
दावाले नागरिकता लिएको दिन ९पुस २० गते० ४१ जनाले नागरिकता लिएको जिप्रका काभ्रेको रेकर्ड (ढड्डा) मा छ। त्यस दिन ११८३० देखि ११८७१ नम्बर सम्ममा नागरिकता बाँडिएका थिए। त्यस दिन दावा अर्थात निमा लामाले ३८औं नम्बरमा नागरिकता लिएको देखिन्छ।
रोचक कुरा के छ भने, त्यस दिन ११८३० देखि ११८६० नम्बरका सबै नागरिकतामा एकै अधिकृतले सनाखत गरेका छन्। तर, ११८६१ देखि ११८७१ सम्म अर्कै अधिकृतले सनाखत गरिएको देखिन्छ। तर, दावाको नागरिकतामा कुन अधिकृतले सनाखत गरेका थिए भन्ने रेकर्डमा छैन। पुस १९ गते र पुस २१ गते भने नागरिकता वितरण डाटा(ढड्डा)मा सिताराम थापा नामका अधिकृतले नागरिकता वितरणमा सनाखत गरेको जिप्रकाको रेकर्डमा छ।
दावाको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्र खरेलले हस्ताक्षर गरेको तथ्य भेटिएको छ। तर, जिप्रकाको ढड्डामा खरेलको नाम छैन। खरेल त्यतिबेला बनखुचौर महाभारत गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा सरुवा भएर काभ्रेमा आएका थिए। तर, उनले त्यहाँ आवश्यक पूर्वाधार नभएको भन्दै तीन महिना जिप्रकामा बसेका थिए। तीन महिना बसे पनि त्यतिबेला उनको हाजिरी भने जिप्रकामा छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend