Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने मन्त्रिपरिषद्को निर्णय


    मंगलबार, असोज ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। 

    आगामी असोज २४ गतेका लागि तोकिएको निर्वाचनको लागि निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भैसकेको थियो । तर अन्तिम अवस्थामा चुनाव रोकिएको छ । 

    कोरोनाको महामारी फैलिइरहेको अवस्थाका कारण चुनाव रोक्न प्रस्ताव पेश भएको र मन्त्रिपरिषद्ले सो प्रस्ताव पारित गर्दै अर्को निर्णय नहुन्जेलसम्मका लागि चुनाव स्थगित गरेको एक मन्त्रीले बताए । 

    कोरोनाको कारण भनिएपनि चुनाव सर्नुको कारण भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीति रहेको बताइन्छ ।

    नेकपाले पार्टी एकीकरण गरेपनि अहिलेसम्म कर्मचारी संगठनको भने एकता हुन सकेको छैन । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले सम्बद्ध राष्ट्रिय निजामती संगठन र नेपाल निजामती संगठनको एकता प्रक्रिया पूरा हुन सकेको छैन । यस्तोमा चुनाव गरिहाल्नु उपयुक्त नहुने नेकपाको बुझाई रहेको बताइएको छ । 

    यो विषयमा आइतबारको सचिवालयको बैठकमा पनि कुरा उठेको थियो । अन्य विभागको एकता बिस्तारै गरेपनि कर्मचारी संगठनको एकता गरिहाल्ने विषयमा बैठकमा छलफल भएको थियो । तर कर्मचारी संगठनको एकताअघि चुनाव गर्न नहुने नेकपाको मत भएकाले पनि निर्वाचन सार्ने तयारी भएको बताइएको छ ।

    नेकपाको आज बस्ने सचिवालय बैठकले पनि यो विषयलाई अघि बढाउने तयारी गरेको छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार