Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिमण्डल पुनर्गठन र एकता प्रक्रियामा छलफल हुने


    मंगलबार, असोज ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

    गत आइतबार तत्कालिन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक आज बलुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पेरिस डाँडामा भिडभाड बढेकाले बालुवाटारमा बैठक बस्न लागेको बताइएको हो ।

    उनका अनुसार आजको बैठकमा पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने विषयमा छलफल हुने छ । त्यस अतिरिक्त संवैधानिक निकायमा गर्न बाँकी रहेको नियुक्ति, नेकपा केन्द्रीय समिति सदस्यहरूको पारिश्रमिक लगायतका विषयमा समेत छलफल हुने कार्यसूची तय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

    आइतबार ४ गते बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केन्द्रित भएर छलफल भएको थियो । सोही विषयमा थप छलफल गर्न सोमबार अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल भएको थियो । त्यस विषयमा सचिवालयका सदस्यहरूले राय सुझाव दिइसकेकाले मन्त्रिपरिषद्मा जाने मन्त्रीहरूको निर्क्यौल दुई अध्यक्षले लगाउने जिम्मा सचिवालय बैठकले दिएको छ ।

    सरकारको कामलाई थप प्रभावकारी बनाउन केही नयाँ मन्त्री थप्ने र राम्रो काम गरेका मन्त्रीहरूलाई कायमै राख्ने तयारी नेकपाले गरेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार