काठमाण्डाै । आज साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार घटेर राताम्मे भएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा सेयर बजार राताम्मे भएको दिन आज पिपुल्स पावर कम्पनीको साढे तीन प्रतिशत र सुपर माई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ ।
आज ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend