काठमाडौँ। प्रहरीले सिराहाको सुखीपुर नगरपालिका– ४ गोडिअर्वाबाट भारतीय मोटरसाइकल चढेका दुई युवकलाई शनिबार अपराह्न अवैध हतियार र गोलीसहित पक्राउ गरेको छ।
सिलौर्वापछवारी प्रहरी चौकीबाट गस्तीमा खटिएको टोलीले औरही गाउँपालिका– २ बननिया बस्ने करिब २४ वर्षीय कमरुद्दिन राइन र १८ वर्षीय चन्दनकुमार सदायलाई सेमिअटोमेटिक होममेड पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार राइनले चलाएको बिआर ३२ एएम ३७७८ नम्बरको भारतीय मोटरसाइकल शंका लागी चेकजाँच गर्दा सिटमुनि लुकाएको अवस्थामा पेस्तोल र गोली बरामद भएको हो।
मोटरसाइकल, पेस्तोल र गोलीसहित पक्राउ गरिएका दुईजनालाई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको उनले बताए।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend