काठमाडौँ। प्रहरीले सिराहाको सुखीपुर नगरपालिका– ४ गोडिअर्वाबाट भारतीय मोटरसाइकल चढेका दुई युवकलाई शनिबार अपराह्न अवैध हतियार र गोलीसहित पक्राउ गरेको छ।
सिलौर्वापछवारी प्रहरी चौकीबाट गस्तीमा खटिएको टोलीले औरही गाउँपालिका– २ बननिया बस्ने करिब २४ वर्षीय कमरुद्दिन राइन र १८ वर्षीय चन्दनकुमार सदायलाई सेमिअटोमेटिक होममेड पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार राइनले चलाएको बिआर ३२ एएम ३७७८ नम्बरको भारतीय मोटरसाइकल शंका लागी चेकजाँच गर्दा सिटमुनि लुकाएको अवस्थामा पेस्तोल र गोली बरामद भएको हो।
मोटरसाइकल, पेस्तोल र गोलीसहित पक्राउ गरिएका दुईजनालाई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको उनले बताए।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend