Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • समाजवादी विद्यार्थी मोर्चाको आज घोषणा हुँदै, शीर्ष नेताले सम्बोधन गर्ने


    आइतबार, साउन १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी मोर्चा सम्बद्ध विद्यार्थी संगठनको समाजवादी मोर्चा गठन तथा घोषणा हुँदैछ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा आज दिउँसो १२ बजे मोर्चाको घोषणा हुन लागेको हो ।

    घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव, नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

    असार ४ मा माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मेलित समाजवादी मोर्चा बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार