Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाजिम्पाटमा चिनियाँ बस्ने घरमा राजस्वको छापा


    बिहिबार, साउन ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरेको हो ।

    घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए । राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ ।

    साउन ३ मा बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा जिक्वाङ लिन यसअघि नै पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार