काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भइसकेपछि बरामद भएको १ क्वीन्टल सुन तस्करीमा अर्थमन्त्री डा. प्रकाशशरण महतकै संलग्नता रहेको ठोकुवा नेपाली कांग्रेसकै सांसदले गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. सुनिल शर्माले बुधबार सार्वजनिक रुपमै अर्थमन्त्री महतलाई सुन तस्करीमा संलग्न भएको आरोप लगाएका छन् । उनले अर्थमन्त्री र गृहमन्त्रीले पहिला राजीनामा दिनुपर्ने बताएका छन् । सुन तस्करीमा मूख्य भूमिका भएका अर्थमन्त्रीले राजीनामा नदिए आमरण अनसन नै बस्ने घोषणा प्रतिनिधिसभामा बोल्ने क्रममा बुधबार गरेका छन् ।
शर्माले भनेका छन्–अहिलेको अर्थमन्त्री तिल्मिलाएका छन्, आत्तिएका छन् । अपराधमा सामेल भएकाले उनी आत्तिएका हुन् । अर्थमन्त्री सुन तस्करीमा संलग्न छन् भन्ने प्रमाणित नै गर्ने उनले बताए । शर्माले भने, २०७९ चैत १७ गते डा. महत अर्थमन्त्रीले सपथ लिए । बैशाख २० गते अर्थ सचिव तोयम रायालाई हटाइयो विनाकारण । अर्थसचिवले तस्करीमा सहयोग नगरेको कारण हुनसक्छ । नत्र किन सरुवा गर्नुपर्यो ? भन्सार कार्यालयको चिफ जेठ १७ गते परिवर्तन गर्नुभयो । विमानस्थल भन्सारका प्रमुखले सीसीटीभी गोप्य कोठामा राखिएको छ । त्यो कोठामा हामी छिर्न पाउँदैनौं ।
शर्माले भनेका छन्–नेपाल प्रहरीको डीआईजीको नेतृत्वमा प्रहरी तैनाथ छ । राष्ट्रिय अनुसन्धानसहित बिभिन्न १७–१८ वटा टोली परिचालित छन् । अनि सुन चाहिँ विमानस्थलबाट पास भइसकेपछि सिनामंगलको हाईवेमा बरामद हुन्छ । त्यो बरामद पनि नेपालका निकायको सूचना अनुसार होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय खुफिया एजेन्सीको सहयोगमा बरामद भएको भन्ने छ । शर्मा अगाडि भन्छन्–आफ्नो गोदाममा हुँदा सुन बरामद नगर्ने, हाइवेबाट बरामद भएपछि अर्थमन्त्री र गृहमन्त्री एक सेकेन्ड पदमा बस्न मिल्दैन ।’
सांसद शर्मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरको नोबेल मेडिकल कलेजका साहु हुन् । उनी कांग्रेसका नेता डा. शेखर कोइरालानिकट सांसदका रुपमा चिनिन्छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend