Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा आज ३६ अंकको गिरावट


    मंगलबार, साउन ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अघिल्लो दिन सोमबार २६ अंकले घटको नेप्से सूचक आज दोस्रो दिन मंगलबार थप ३६ अंकले घटेको छ। मौद्रिक नीतिपछि उर्लिएको सेयर बजार क्रमशः घट्न थालेको हो ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक ३६.१९ अंकले घट्दै २१ सय ६४.३१ अंकको विन्दुमा ओर्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.६२ अंकले घटेर ४११.१६ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ ।

    आज होटल तथा पर्यटन बाहेक बाँकी १२ वटै उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक १.२२ प्रतिशतले बढेको छ ।

    ३६ अंकमाथिले नेप्से घटेको बजारमा आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आव किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नबिल डिभेन्चरको मूल्य ६.८७ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार