Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संचार सचिव राउतलाई थुनामुक्त गर्न आदेश, मीनबहादुर र सुधीर शाहको रिट खारेज


    शुक्रबार, साउन ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  ललिता निवासको जग्गा हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई बाहिरै रहेर मुद्दा लड्न पाउनेगरी आदेश दिएको हो ।

    ललिता निवास प्रकरणकै सिलसिलामा गैरकानुनी थुनामा राखिएको भन्दै भाटभटेनी डिपार्टमेन्टल स्टोर्सका संचालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहको  बन्दी प्रत्यक्षीकरणको रिट भने सर्वोच्चले खारेज गरेको छ ।

    सर्बोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुबेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चले मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन रिट पनि  खारेज गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार