Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेरबहादुर देउवाले खुवाए जन्मदिनमा गगनलाई केक


    बिहिबार, साउन ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य समितिको बैठकमै जन्मदिन मनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजको केन्द्रीय समिति बैठक स्थगित गरेलगत्तै कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई केक खुवाएका हुन्।

    पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका थिए । आजको बैठक सकिएलगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए । जन्मदिन मनाउने क्रममा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत बजाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार