काठमाडौं। आज सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ११ .१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको छ।
आज २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भयो। आज ५१ हजार ४४५ पटक सेयर कारोबार भयो।
दोहोरो अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बीपीडब्लू लघुवित्त वित्तीय संस्थाक मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
एनआईबीएल समृद्धि फन्ड -२ को सेयर मूल्य ९.६४ प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो।
सो कम्पनीको २३ करोड ५७ लाख ४५ हजार मूल्य बराबरको सेयर खरिदबिक्री भयो। यसैगरी एनआईसी एसिया बैंकको १४ करोड र शिवम् सिमेन्टको १४ करोड मूल्य बराको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक बढ्यो । ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ४.८३ प्रतिशतले बढ्यो। ७३ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घट्यो। १३ कम्पनीको मूल्य भने स्थिर रह्यो।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend