कलैया । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहमाथि गालीगलौज र हातपात गर्नेहरुलाई छाड्ने चलखेल भएको छ । मंगलबार साँझ कलैया उपमहनगरपालिकाको औढापुरमा दलित समुदाय र यादवहरुबीच विवाद भएपछि प्रहरी पुगेको थियो ।
दलितमाथि कुटपिट गरेको पाइएपछि घटनामा संलग्नहरुलाई प्रहरी निरीक्षक रुपेश साहको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको छ । कुटपिट गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेपछि नेपाली कांग्रेसका जसपाका रामकिशोर यादव, भैयाराम यादव र एमालेका धु्र्रव यादवले दलितमाथि कुटपीट गर्नेहरुलाई थुन्न नपाउने भन्दै इन्स्पेक्टर साहलाई गालीगलौज गर्न थाले ।
बाराका एसपी होविन्द्र बोगटी कार्यालयमा नभएकाले डीएसपी पुरुषोत्तम पाण्डेले यथार्थ बुझ्न प्रयास गर्दा उल्टै गाली मात्र होइन, हातपात नै गर्न खोजेपछि स्थिति निकै तनावपूर्ण भएको थियो । प्रहरी अधिकृतमाथि नै हातपात भएपछि भैयाराम र ध्रुव यादवलाई हिरासतमा राखिएको छ । तर बाराका ठूला पार्टीका नेताहरुको दबाबमा दलितहरुमाथि कुटपिट गर्नेहरुलाई एसपी बोगटीले छाड्ने तयारी गरेका छन् ।
प्रहरीका डीएसपीमाथि दुब्र्यवहार गर्ने र दलितलाई कुटपिट गर्नेहरुलाई छाड्ने तयारी गरेकोबारे एसपी बोगटीले भने–‘हातपात भएको होइन, चर्काचर्की भएको हो, कुराकानी भइरहेको छ ।’
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend