कलैया । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहमाथि गालीगलौज र हातपात गर्नेहरुलाई छाड्ने चलखेल भएको छ । मंगलबार साँझ कलैया उपमहनगरपालिकाको औढापुरमा दलित समुदाय र यादवहरुबीच विवाद भएपछि प्रहरी पुगेको थियो ।
दलितमाथि कुटपिट गरेको पाइएपछि घटनामा संलग्नहरुलाई प्रहरी निरीक्षक रुपेश साहको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको छ । कुटपिट गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेपछि नेपाली कांग्रेसका जसपाका रामकिशोर यादव, भैयाराम यादव र एमालेका धु्र्रव यादवले दलितमाथि कुटपीट गर्नेहरुलाई थुन्न नपाउने भन्दै इन्स्पेक्टर साहलाई गालीगलौज गर्न थाले ।
बाराका एसपी होविन्द्र बोगटी कार्यालयमा नभएकाले डीएसपी पुरुषोत्तम पाण्डेले यथार्थ बुझ्न प्रयास गर्दा उल्टै गाली मात्र होइन, हातपात नै गर्न खोजेपछि स्थिति निकै तनावपूर्ण भएको थियो । प्रहरी अधिकृतमाथि नै हातपात भएपछि भैयाराम र ध्रुव यादवलाई हिरासतमा राखिएको छ । तर बाराका ठूला पार्टीका नेताहरुको दबाबमा दलितहरुमाथि कुटपिट गर्नेहरुलाई एसपी बोगटीले छाड्ने तयारी गरेका छन् ।
प्रहरीका डीएसपीमाथि दुब्र्यवहार गर्ने र दलितलाई कुटपिट गर्नेहरुलाई छाड्ने तयारी गरेकोबारे एसपी बोगटीले भने–‘हातपात भएको होइन, चर्काचर्की भएको हो, कुराकानी भइरहेको छ ।’
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend