Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि नेप्से परिसूचक ९.९१ अंकले बढ्यो


    मंगलबार, साउन २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नयाँ आर्थिक वर्ष ०८०/८१ को पहिलो दिन सोमबार उच्च अंकले बढेको सेयर बजार परिसूचक नेप्सेमा आज पनि ९ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ९.९१ अंकले बढ्दै २१ सय ५४.०७ अंकको विन्दुमा उक्लिएको हो ।

    यद्यपि, अघिल्लो दिन २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुँदै गर्दा आज बढेर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज बैंकिङ, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढ्दैगर्दा यता डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

    आज पनि बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्याप फन्डको मूल्य ५.१४ प्रतिशतले घटेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार