Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अब जथाभावी फिल्मको पोष्टर टाँस्नेलाई ५० हजार जरिवाना


    मंगलबार, साउन २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

    नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी टाँसेको भन्दै महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

    चलचित्रको वितरक नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोष्टर टाँस्न पाइँदैन,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार