काठमाडौं। ललिता निवास जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते लगायतको कसुरमा थुनामा रहेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा दोस्रो दिनको सुनुवाइ सुरु भएको छ।
न्याायधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा सोमबारदेखि मुद्दाको सुनुवाइ शुरु भएको थियो।
बहालवाला सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मराज गौतमले दायर गरेको रिटमा अन्तिम सुनुवाइ चलिरहेको छ। सोमबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र नरेन्द्र गौतमसहितले बहस गरेका थिए।
आज चिया समय अघिसम्म निवेदक पक्षको बहस सक्दै सरकारी जवाफ सुन्ने इजलासको तयारी छ। सरकारी पक्षको बहसपछि सर्वोच्चले आदेश सुनाउने छ। सरकारी बहसपछि निवेदकले पनि जवाफ दिनुपर्ने भएकाले समयको पालना गराउँदै सुनुवाइ सक्ने इजलासको तयारी छ। सम्भव नभएमा मंगलबार पनि हेर्दाहेर्दै राखेर सुनुवाइ हुने छ।
उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। सीआईबीले अनुसन्धानका लागि पक्राउ गरेका निर्वाचन आयोगका पूर्व आयुक्त शाह, भाटभटेनी डिपार्टस्टोरमा सञ्चालक गुरुङसहितका बन्दी असार १३ गते सर्वोच्च पुगेका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत भने केही पछि पुगेका थिए। सर्वोच्चले यो विवादसँग जोडिएका ६ थान निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend