काठमाडौं। ललिता निवास जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते लगायतको कसुरमा थुनामा रहेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा दोस्रो दिनको सुनुवाइ सुरु भएको छ।
न्याायधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा सोमबारदेखि मुद्दाको सुनुवाइ शुरु भएको थियो।
बहालवाला सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मराज गौतमले दायर गरेको रिटमा अन्तिम सुनुवाइ चलिरहेको छ। सोमबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र नरेन्द्र गौतमसहितले बहस गरेका थिए।
आज चिया समय अघिसम्म निवेदक पक्षको बहस सक्दै सरकारी जवाफ सुन्ने इजलासको तयारी छ। सरकारी पक्षको बहसपछि सर्वोच्चले आदेश सुनाउने छ। सरकारी बहसपछि निवेदकले पनि जवाफ दिनुपर्ने भएकाले समयको पालना गराउँदै सुनुवाइ सक्ने इजलासको तयारी छ। सम्भव नभएमा मंगलबार पनि हेर्दाहेर्दै राखेर सुनुवाइ हुने छ।
उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। सीआईबीले अनुसन्धानका लागि पक्राउ गरेका निर्वाचन आयोगका पूर्व आयुक्त शाह, भाटभटेनी डिपार्टस्टोरमा सञ्चालक गुरुङसहितका बन्दी असार १३ गते सर्वोच्च पुगेका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत भने केही पछि पुगेका थिए। सर्वोच्चले यो विवादसँग जोडिएका ६ थान निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend