काठमाडौं । बालुवाटारस्तिथ ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि आज (सोमबार) सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुने भएको हो । प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुने भएको छ ।
यसअघि आइतबार पनि ती मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । ललिता निवास प्रकरणमा केही प्रतिवादीले अग्रिम जमानत लिएका कारण प्रहरीले त्यसविरुद्ध भ्याकेट दर्ता गराएको हो ।
यसैगरी सञ्चारसचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले भने आफूहरुलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend