Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरण: पक्राउ परेका सचिव राउतसहितका प्रतिवादीको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा


    सोमबार, साउन १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारस्तिथ ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि आज (सोमबार) सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

    न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुने भएको हो । प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुने भएको छ ।

    यसअघि आइतबार पनि ती मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । ललिता निवास प्रकरणमा केही प्रतिवादीले अग्रिम जमानत लिएका कारण प्रहरीले त्यसविरुद्ध भ्याकेट दर्ता गराएको हो ।

    यसैगरी सञ्चारसचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले भने आफूहरुलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार