काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल कतिसम्म अपरिपक्व छन् भन्ने कुरा बिहीबार राष्ट्रियसभामा उनको प्रस्तुतिबाट छर्लङ्ग भएको छ । आफ्नै मन्त्रालयले लामो समय गृहकार्य गरेर मन्त्रीपरिषदबाट समेत संसदमा पेश गर्नका लागि अनुमति पाएको ई कमर्स (विद्युतीय ब्यापार सम्बन्धी बिधेयक) बिधेयकलाई विद्युत ब्यापारकै रुपमा ब्याख्या सदनमा मन्त्री रिजालले दिएको अभिब्यक्तिले सिंगो संसद मात्र लज्जित भएको छैन, विभागीय मन्त्री कतिसम्म अपरिपक्वरुपमा प्रस्तुत हुँदारहेछन् भन्ने देखिएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा अध्यक्ष गणेश तिम्सिनाको अनुमति पाएलगत्तै मन्त्री रिजालले ईकमर्स सम्बन्धी बिधेयकलाई टेबुल गरेका थिए । बिधेयक टेबुल भएलगत्तै प्रतिपक्षी एमाले सांसद भगवती न्यौपाने, सत्तापक्ष नेपाली कांग्रेसका जीतेन्द्रनारायण देव लगायत ६ जनाले विनाअध्ययन रोष्ट्रममा उभिएर बोल्नका लागि समय माग गर्न थाले । सत्तापक्षका सांसदले विद्युतीय बिधेयकलाई विद्युत ब्यापार बिधेयक ल्याउनु सरकारको उपलब्धी भएको ब्याख्या गरे । विपक्षी सांसदहरु पनि के कम स्वदेशमै विद्युतको अभाव भइरहेको बिदेशमा विद्युत बिक्री सम्झौता गर्नका लागि सरकारले बिधेयक ल्याउनु उपयुक्त नभएको भन्दै बिरोधमा उत्रिए ।
सांसदहरुको छलफलपछि रोष्ट्रममा जवाफ दिन पुगेका विभागीय मन्त्री रिजालले भने विद्युत ब्यापार सम्झौताकै रुपमा ईकमर्स बिधेयकको गलत ब्याख्या गर्न पुगे । सांसददेखि मन्त्रीसम्म विनाअध्ययन लहैलहैका आधारमा रोष्ट्रमबाट बोलेपछि अन्तिममा राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाले बिधेयक विद्युत नभएर विद्युतीय भएको बताएपछि सदनमा हाँसो छाएको थियो । यसले राष्ट्रियसभा जस्तो विषयविज्ञ र अनुभवी ब्यक्तिहरुको सदनमा विद्युत र विद्युतीय शब्दको अर्थसमेत बुझ्न नसक्ने कस्ता सांसदहरु पार्टीबाट प्रतिनिधित्व गर्दारहेछन् भन्ने तस्वीर देखिन्छ । मन्त्रीलाई बिधेयकको बारेमा एक एक शब्द बुझाउनुपर्ने उद्योग मन्त्रालयको बहुपक्षीय ब्यापार प्रबद्र्धन महाशाखासमेत यसमा चुकेको छ भने अध्ययन गर्न नचाहने सचिवालयका कर्मचारीहरुको पनि कमजोरी देखिन्छ ।
प्रायः सधैं विदेशमै रमाउने सहसचिव गोविन्द कार्कीले सम्हालेको बहुपक्षीय महाशाखाले उक्त बिधेयक तयार गरेको हो । विदेशमोहमा रमाउने सचिव मधकुमार मरासिनीले समेत मन्त्रीलाई बिधेयकको बारेमा जानकारी नगराउँदा रिजाल सदनमा लज्जित भएका छन् । प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले अर्कै कार्यक्रमका लागि लेखिएको खल्तीमा हालिदिएको भाषण बाढीपीडितलाई सम्बोधन गर्दा पढेपछि उनी चरम विवादमा परेका थिए । आज उनकै अनुयायी मन्त्री रिजाल विद्युतीय र बिद्युतको अर्थ छुट्याउन नसकी अन्धाधुन्द बिधेयकका सम्बन्धमा बोल्दा विवादमा परेका छन् ।
संसदमा बोलिएका बिषय रेकर्ड हुन्छन् । भावी पुस्ताले समेत ती रेकर्ड सुन्नसक्छन् भन्ने हेक्का मन्त्री र उनको सचिवालयले राख्न नसक्दा आज सिंगो संसद लज्जित हुनुपरेको छ । पूर्वसभामुख सुवास नेम्वाङले त यो प्रकरणले संसद लज्जित हुनुपरेको टिप्पणी गरेका छन् । उद्योग मन्त्रीको सचिवालयका कर्मचारीलाई सरुवा र नियुक्तितिर बढी ध्यान जाँदा संसदमा उद्योग मन्त्री लज्जाको पात्र बन्न पुगेका छन् । बिहीबारको उक्त घटनापछि शुक्रबार कार्यालय समय सुरु हुँदै सचिवालय, सचिव र सम्बन्धित महाशाखाका प्रमुखहरुको बैठक मन्त्रीले कार्यकक्षमै राखेर सबैको झाँको झारेका छन् ।
अध्ययनविनै बोल्दा संसदमा बेइज्जती खेपेका रिजालको कार्यकक्षमा कर्मचारीहरुमाथिको आक्रोशले उक्त प्रकरण सच्चिनेवाला पक्कै छैन । नैतिकता नामको कुनै चिज छ थियो भने रिजालले सो प्रकरण लगत्तै राजीनामा घोषणा गर्नुपथ्र्यो । अहिलेसम्म उक्त अभिब्यक्ति गलत थियो भनेर खण्डन समेत मन्त्री र उनको सचिवालयले गर्न सकिरहेको छैन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend