काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल कतिसम्म अपरिपक्व छन् भन्ने कुरा बिहीबार राष्ट्रियसभामा उनको प्रस्तुतिबाट छर्लङ्ग भएको छ । आफ्नै मन्त्रालयले लामो समय गृहकार्य गरेर मन्त्रीपरिषदबाट समेत संसदमा पेश गर्नका लागि अनुमति पाएको ई कमर्स (विद्युतीय ब्यापार सम्बन्धी बिधेयक) बिधेयकलाई विद्युत ब्यापारकै रुपमा ब्याख्या सदनमा मन्त्री रिजालले दिएको अभिब्यक्तिले सिंगो संसद मात्र लज्जित भएको छैन, विभागीय मन्त्री कतिसम्म अपरिपक्वरुपमा प्रस्तुत हुँदारहेछन् भन्ने देखिएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा अध्यक्ष गणेश तिम्सिनाको अनुमति पाएलगत्तै मन्त्री रिजालले ईकमर्स सम्बन्धी बिधेयकलाई टेबुल गरेका थिए । बिधेयक टेबुल भएलगत्तै प्रतिपक्षी एमाले सांसद भगवती न्यौपाने, सत्तापक्ष नेपाली कांग्रेसका जीतेन्द्रनारायण देव लगायत ६ जनाले विनाअध्ययन रोष्ट्रममा उभिएर बोल्नका लागि समय माग गर्न थाले । सत्तापक्षका सांसदले विद्युतीय बिधेयकलाई विद्युत ब्यापार बिधेयक ल्याउनु सरकारको उपलब्धी भएको ब्याख्या गरे । विपक्षी सांसदहरु पनि के कम स्वदेशमै विद्युतको अभाव भइरहेको बिदेशमा विद्युत बिक्री सम्झौता गर्नका लागि सरकारले बिधेयक ल्याउनु उपयुक्त नभएको भन्दै बिरोधमा उत्रिए ।
सांसदहरुको छलफलपछि रोष्ट्रममा जवाफ दिन पुगेका विभागीय मन्त्री रिजालले भने विद्युत ब्यापार सम्झौताकै रुपमा ईकमर्स बिधेयकको गलत ब्याख्या गर्न पुगे । सांसददेखि मन्त्रीसम्म विनाअध्ययन लहैलहैका आधारमा रोष्ट्रमबाट बोलेपछि अन्तिममा राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाले बिधेयक विद्युत नभएर विद्युतीय भएको बताएपछि सदनमा हाँसो छाएको थियो । यसले राष्ट्रियसभा जस्तो विषयविज्ञ र अनुभवी ब्यक्तिहरुको सदनमा विद्युत र विद्युतीय शब्दको अर्थसमेत बुझ्न नसक्ने कस्ता सांसदहरु पार्टीबाट प्रतिनिधित्व गर्दारहेछन् भन्ने तस्वीर देखिन्छ । मन्त्रीलाई बिधेयकको बारेमा एक एक शब्द बुझाउनुपर्ने उद्योग मन्त्रालयको बहुपक्षीय ब्यापार प्रबद्र्धन महाशाखासमेत यसमा चुकेको छ भने अध्ययन गर्न नचाहने सचिवालयका कर्मचारीहरुको पनि कमजोरी देखिन्छ ।
प्रायः सधैं विदेशमै रमाउने सहसचिव गोविन्द कार्कीले सम्हालेको बहुपक्षीय महाशाखाले उक्त बिधेयक तयार गरेको हो । विदेशमोहमा रमाउने सचिव मधकुमार मरासिनीले समेत मन्त्रीलाई बिधेयकको बारेमा जानकारी नगराउँदा रिजाल सदनमा लज्जित भएका छन् । प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले अर्कै कार्यक्रमका लागि लेखिएको खल्तीमा हालिदिएको भाषण बाढीपीडितलाई सम्बोधन गर्दा पढेपछि उनी चरम विवादमा परेका थिए । आज उनकै अनुयायी मन्त्री रिजाल विद्युतीय र बिद्युतको अर्थ छुट्याउन नसकी अन्धाधुन्द बिधेयकका सम्बन्धमा बोल्दा विवादमा परेका छन् ।
संसदमा बोलिएका बिषय रेकर्ड हुन्छन् । भावी पुस्ताले समेत ती रेकर्ड सुन्नसक्छन् भन्ने हेक्का मन्त्री र उनको सचिवालयले राख्न नसक्दा आज सिंगो संसद लज्जित हुनुपरेको छ । पूर्वसभामुख सुवास नेम्वाङले त यो प्रकरणले संसद लज्जित हुनुपरेको टिप्पणी गरेका छन् । उद्योग मन्त्रीको सचिवालयका कर्मचारीलाई सरुवा र नियुक्तितिर बढी ध्यान जाँदा संसदमा उद्योग मन्त्री लज्जाको पात्र बन्न पुगेका छन् । बिहीबारको उक्त घटनापछि शुक्रबार कार्यालय समय सुरु हुँदै सचिवालय, सचिव र सम्बन्धित महाशाखाका प्रमुखहरुको बैठक मन्त्रीले कार्यकक्षमै राखेर सबैको झाँको झारेका छन् ।
अध्ययनविनै बोल्दा संसदमा बेइज्जती खेपेका रिजालको कार्यकक्षमा कर्मचारीहरुमाथिको आक्रोशले उक्त प्रकरण सच्चिनेवाला पक्कै छैन । नैतिकता नामको कुनै चिज छ थियो भने रिजालले सो प्रकरण लगत्तै राजीनामा घोषणा गर्नुपथ्र्यो । अहिलेसम्म उक्त अभिब्यक्ति गलत थियो भनेर खण्डन समेत मन्त्री र उनको सचिवालयले गर्न सकिरहेको छैन ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend