काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले काठमाडौँ महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने कार्ययोजना अन्तर्गत दरबारमार्गको महेन्द्र सालिक क्षेत्र, कृष्ण पाउरोटी क्षेत्र, घण्टाघर क्षेत्र, कमलादी क्षेत्र, जमल क्षेत्र, केशरमहल क्षेत्र, मैतीदेवी क्षेत्रको सडकलाई एकतर्फी सञ्चालन गर्न लागिएको जानकारी दिए । उनका अनुसार साउनदेखि ती क्षेत्रका सडकलाई एकतर्फी मात्र सञ्चालन गरिने छ ।
त्यसै गरी महानगरभित्रका शैक्षिक संस्थाअगाडि अनिवार्य रूपमा जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायतका सडक सुरक्षासँग सम्बन्धित चिह्नको निर्माण तथा व्यवस्थापनको क्षेत्रमा समेत योजनाबद्ध रूपमा काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार महानगरपालिकाभित्र सञ्चालन हुने बसलगायत यातायातका साधन रोकिने ठाउँ निर्धारण तथा ट्याक्सी स्ट्यान्ड निर्माणका लागि अन्तिम चरणको अध्ययन भइरहेको छ । उनले ट्राफिक प्रहरीको समन्वयमा सडक सुधार तथा ट्राफिक व्यवस्थापनका यी काम गर्न लागिएको उल्लेख गरे। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend