काठमाडौं । सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड । चक्रपथको बसुन्धरा चोकबाट कान्ति बाल अस्पताल निस्कने बाटोमा पर्ने करिब १०० मिटर सडकको ढलान कार्य एक महिना बित्दा पनि सकिएको छैन । जसका कारण यो बाटो भएर यात्रा गर्ने बिरामी, वालवालिका, वृद्धवृद्धा सबैले सास्ती खेप्नुपरिरहेको छ ।
‘यो उकालो भत्काएर छाडेको एक महिना नाघिसक्यो,’ स्थानीय सृष्टि लामा भन्छिन्, ‘कहिले बन्ने भन्ने कुनै टुंगो छैन ।’ अस्पताल क्षेत्रमा रहेको महत्त्वपूर्ण बाटो बिग्रँदा विरामी तथा वृद्धवृद्धाको यात्रा सकसपूर्ण बनेको उनले सुनाइन् । ‘राजधानीको मुटुमा रहेको सडकको अवस्था त यस्तो छ,’ उनले भनिन्, ‘मुलुकको अन्य भागको अवस्था के होला ?’
यस क्षेत्रमा भएको सडकको दुरवस्थाको विषयमा संसद्मा समेत आवाज उठेको छ । तर यसको कार्यान्वयनमा अझै तीव्रता आउन सकेको छैन । काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सडकको विषयमा पटकपटक चासो देखाए पनि काम हुन सकेको छैन ।
काठमाडौं महानगरपालिका-३ का वडाध्यक्ष प्रेम थापा सडकमा राजनीति भएका कारण निर्माण कार्यमा ढिलाइ भएको स्विकार्छन् । महानगरको केन्द्रीयस्तरको बजेटबाट १०५ मिटर लामो ढलान गर्न खोजिए पनि विभिन्न क्षेत्रबाट अवरोध भएको उनले सुनाए।
‘कोही डाउन गरेर ढलान गर भन्छन्, कोही उठाएर ढलान गर्न सुझाउँछन् ‘ उनले भने, ‘सडक पेलेर घर कम्पाउन्ड लगाउनेको अवरोध उस्तै हुन्छ ।’ यीबाहेक नेपाल विद्युत् प्राधिकरणको भूमिगत तार बिछ्याउने कार्यले पनि काममा समस्या परेको उनले सुनाए। सुरुमा विद्युत्ले यताबाट नआउने जनाए पनि पछि यतै खाल्डो खन्न आएकाले समस्या भएको उनले सुनाए। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend