काठमाडौं । सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड । चक्रपथको बसुन्धरा चोकबाट कान्ति बाल अस्पताल निस्कने बाटोमा पर्ने करिब १०० मिटर सडकको ढलान कार्य एक महिना बित्दा पनि सकिएको छैन । जसका कारण यो बाटो भएर यात्रा गर्ने बिरामी, वालवालिका, वृद्धवृद्धा सबैले सास्ती खेप्नुपरिरहेको छ ।
‘यो उकालो भत्काएर छाडेको एक महिना नाघिसक्यो,’ स्थानीय सृष्टि लामा भन्छिन्, ‘कहिले बन्ने भन्ने कुनै टुंगो छैन ।’ अस्पताल क्षेत्रमा रहेको महत्त्वपूर्ण बाटो बिग्रँदा विरामी तथा वृद्धवृद्धाको यात्रा सकसपूर्ण बनेको उनले सुनाइन् । ‘राजधानीको मुटुमा रहेको सडकको अवस्था त यस्तो छ,’ उनले भनिन्, ‘मुलुकको अन्य भागको अवस्था के होला ?’
यस क्षेत्रमा भएको सडकको दुरवस्थाको विषयमा संसद्मा समेत आवाज उठेको छ । तर यसको कार्यान्वयनमा अझै तीव्रता आउन सकेको छैन । काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सडकको विषयमा पटकपटक चासो देखाए पनि काम हुन सकेको छैन ।
काठमाडौं महानगरपालिका-३ का वडाध्यक्ष प्रेम थापा सडकमा राजनीति भएका कारण निर्माण कार्यमा ढिलाइ भएको स्विकार्छन् । महानगरको केन्द्रीयस्तरको बजेटबाट १०५ मिटर लामो ढलान गर्न खोजिए पनि विभिन्न क्षेत्रबाट अवरोध भएको उनले सुनाए।
‘कोही डाउन गरेर ढलान गर भन्छन्, कोही उठाएर ढलान गर्न सुझाउँछन् ‘ उनले भने, ‘सडक पेलेर घर कम्पाउन्ड लगाउनेको अवरोध उस्तै हुन्छ ।’ यीबाहेक नेपाल विद्युत् प्राधिकरणको भूमिगत तार बिछ्याउने कार्यले पनि काममा समस्या परेको उनले सुनाए। सुरुमा विद्युत्ले यताबाट नआउने जनाए पनि पछि यतै खाल्डो खन्न आएकाले समस्या भएको उनले सुनाए। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend