काठमाडौं । ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरु भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् । तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बाटो निर्माण हुनुभन्दा पछि शुरु भएको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुगेका छन्। चार दिनअघि उनी दोस्रोपटक दलबलसहित सो सडकखण्ड पुगेका थिए । मन्त्री श्रेष्ठले तत्काल सडक कालोपत्रे गर्न निर्देशन दिँदै फर्कने गरेका छन्। तर उपलब्धि हुन सकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले सो बाटोको बारेमा आफूले दैनिकजसो फलोअप गरिरहेको बताइन् । उनले भनिन्– ‘म यो क्षेत्रको सांसद भएपछि प्रतिनिधिसभामा विशेष समय लिएर सो सडक खण्डको बारेमा बोलेको थिएँ । तत्काल भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरी सो सडकको निर्माण भइरहेको बताउनुभएको थियो, अहिले काम भइरहेको छ । हामीले वैशाखसम्म काम सक्ने आश्वासन पाएका छौं ।’
हरेक साँझ बिहान सोही बाटो हिँड्ने गरेकी सांसद डा। कार्कीले शुरुमा ठेकेदार र अहिले सडकको कारण समस्या भएको बताइन्। उनले भनिन्– ‘समस्यै समस्या थियो, अहिले समाधान भइसकेको छ । सरकारले करिब २ करोड रुपियाँ बजेट विनियोजन गरेर पानीको पाइपलाइनको काम शुरु गरेको छ । त्यसलगत्तै सडकको काम शुरु हुन्छ ।’ उनले सडक निर्माणको विषयमा दबाब दिन आफूले सडक विभाग, मन्त्रालय, सिडियो र स्थानीय तहलाई निरन्तर दबाब जारी राखेको बताइन् ।
सडक कालोपत्रे नगर्दा स्थानीयलगायत आम सर्वसाधारणले ठूलो समस्या भोगिरहेका छन् । ‘हामीले पटकपटक अनुरोध गरिरहेका छौं, बाटोमा हिँड्न सक्ने अवस्था छैन, अब बनाउँछौं भन्छन् तर कहिले बन्छ भन्न सक्ने अवस्थामा छैन’ –ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काले भने । ३ किलोमिटर उक्त सडक भत्काएर बनाउन थालेको वर्षौ बित्दा पनि कसैले बोल्न सकेका छैनन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend