काठमाडौं । मुलुकमा गणतन्त्र स्थापना भएसँगै देशव्यापी नयाँ सडक सञ्जाल निर्माणको काम पनि थालिएको छ । कम समय र खर्चमा सङ्घीय राजधानीबाट तराईतर्फको आवागमन सहज होस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक), पूर्वदेखि पश्चिमसम्मको भूभागलाई जोड्न अगाडि सारिएका पुष्पलाल ९मध्य पहाडी० लोकमार्ग र मदन भण्डारी लोकमार्ग उल्लेख्य छन्।
त्यसैगरी उत्तर दक्षिण (कोशी कोरिडोर) आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) आयोजना र उत्तर दक्षिण ९कर्णाली कोरिडोर० आयोजना पनि सञ्चालनमा आइसकेका छन्। तथापि सम्बन्धित निकायको लापरबाही, ठेकेदारको बदमासी, जग्गा प्राप्ति जस्ता समस्या देखाएर समय र लागत बढाउने जस्ता समस्या पनि यिनमा रहेको छ।
सुरुमा करिब ६० अर्ब रुपियाँमा निर्माण कार्य सम्पन्न गरिने लक्ष्य लिएको काठमाडौँ–तराईरमधेश द्रुतमार्ग आयोजनाको शिलान्यास २०६६ कात्तिक २३ गते भएको हो। २०६६/६७ को बजेट घोषणामार्फत सो मार्गको ट्र्याक खोल्ने कामको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो तर हालसम्म यसको भौतिक प्रगति २१ प्रतिशत मात्र रहेको छ। राष्ट्रिय गौरवको यस आयोजनाको म्याद थपेर मङ्सिर २०८१ सम्म सक्ने भनिएकोमा पछिल्लो पटक २०८३ चैतसम्म पुनः थप गरेको छ।
विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार, काठमाडौँको प्रस्तावित बाह्य चक्रपथको सानो खोकनादेखि बारा जिल्लाको निजगढसम्म सो मार्गको दूरी ७३ किलोमिटर रहेको छ। यो मार्गको निर्माणपछि प्रतिघण्टा ८० किलोमिटरको गतिमा सवारी गुड्ने क्षमताको हुनेछ। समतल सतहमा यो मार्गको चौडाइ २२ मिटरको हुनेछ। आयोजनाका अनुसार प्रस्तावित द्रुत मार्गमा १।३५० किलोमिटरको सुरुङ मार्ग तथा ९६ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ। यो मार्ग सिधै निजगढ जाने भएकाले बिचमा १७ किलोमिटर लम्बाइको सडकले हेटौँडालाई जोड्ने छ।
त्यसैगरी पूर्वको पाँचथरको चियो भन्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म डबल लेन स्तरमा कालोपत्रेसहितको सडक निर्माण गर्ने लक्ष्यसहित अगाडि बढाइएको पुष्पलाल ९मध्य पहाडी० राजमार्ग नामकरण गरी ०६४/६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend