काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिइरहेको भिडियो बाहिरिएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त भिडियोमा जवान रायले रुँदै ‘मैले रक्सी खाँदिन, मलाई यसरी किन यातना दिनुहुन्छ ? कानै सुन्निने गरि किन पिट्नु हुन्छ ?’ भन्दै छन् । प्रहरी निरीक्षक राई हुन् वा अर्कै अधिकृतले यस (राय)लाई हात खोलेर मेडिकल गर्न लैजा भनेर निर्देशन दिएको सुनिन्छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द ईवा लिम्बु मिटिङ रहेको उनको अंगरक्षकले बताए । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराई बुधबार निरीक्षणमा सिरहा पुगेका छन् ।
उनी ब्रिफिङका रहेको भन्दै सहयोगीले पछि सम्पर्क गर्न सुझाए । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले आफुले उक्त भिडियो हेरेको र यसबारे के भएको भनेर बुझ्ने काम गरिरहेको बताए । उनले भने, ‘मैले पनि भर्खरे थाहापाएँ, सत्यतथ्य के रहेछ, बुझ्दै छु ।’
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend