काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरस्टोर्सका संचालक मीनबहादुर गुरुङलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अरु ब्यापारीहरुलाई भने अहिलेसम्म पनि पक्राउ गरेको छैन । ललिता निवासको १८ रोपनी भन्दा बढी जग्गा कीर्ते गरेर लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उनका भाइ श्रवण गोयल, देवान्सी गोयल र निर्मलादेवी गोयललाई सीआईबीले पक्राउ गर्ने भन्दा पनि भाग्ने मौका दिएको छ । मीनबहादुरलाई गएको असार १२ गते नियन्त्रणमा लिएको सीआईबीले गोयल दाजुभाइलाई पक्राउ नगरी भागेर दुबई जाने अवसर दिएको छ । उनीहरु दुबई पुगिसकेका छन् ।
ललिता निवासको जग्गा खरिद गर्ने अर्का ब्यापारी सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियालाई पनि प्रहरीले पक्राउ गरेको छैन । शारदा ग्रुपका शिवरतन सारडा र सन्दीपकुमार सारडालाई पनि प्रहरीले पक्राउ गरेको छैन । ललिता निवासको जग्गा हडप्ने अरु ब्यापारीहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सीआईबीकी डीआईजी किरण बज्राचार्यले पक्राउ नगर्नुलाई रहस्यका रुपमा हेरिएको छ ।
ललिता निवास जग्गामा मुछिएका सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाका नाममा २०७६ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा सार्वजनिक सूचना नै जारी गरेको थियो । उनी सम्पर्कमा नआएपछि अख्तियारले सातदिनभित्र कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको थियो । अख्तियारले २०७६ माघ २२ गते ललिता निवास क्याम्पको जग्गा प्रकरणमा अनियमितता गर्ने १ सय १० जनाबिरुद्ध मुद्दा दायर गरेको थियो ।
ललिता निवासमा मुछिएका अर्का ब्यापारी सज्जनकुमार चाचानलाई पनि प्रहरीले पक्राउ गरेको छैन । त्यस्तै, किया मोटर्सका साहु सुहृद घिमिरे र पुरुषोत्तम पौडेललाई समेत सीआईबीले अहिलेसम्म पनि नियन्त्रणमा लिएको जानकारी दिएको छैन । बालुवाटारको प्राइम लोकेसनको जग्गा दर्ता गर्नेमा धेरै ब्यापारी छन् ।
यसअघि औषधिको लागि आयात गरिएको अरबौंको स्यूडो लागूऔषधको रुपमा बिक्री गर्ने सांघाई ग्रुपका गोविन्दलाल संघाई, प्रमोश शेरचन, प्रमोद गुरुङ पनि छन् । त्यसैगरी सिपीका खेतान, डिम्पल बंशल पनि ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend