काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरस्टोर्सका संचालक मीनबहादुर गुरुङलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अरु ब्यापारीहरुलाई भने अहिलेसम्म पनि पक्राउ गरेको छैन । ललिता निवासको १८ रोपनी भन्दा बढी जग्गा कीर्ते गरेर लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उनका भाइ श्रवण गोयल, देवान्सी गोयल र निर्मलादेवी गोयललाई सीआईबीले पक्राउ गर्ने भन्दा पनि भाग्ने मौका दिएको छ । मीनबहादुरलाई गएको असार १२ गते नियन्त्रणमा लिएको सीआईबीले गोयल दाजुभाइलाई पक्राउ नगरी भागेर दुबई जाने अवसर दिएको छ । उनीहरु दुबई पुगिसकेका छन् ।
ललिता निवासको जग्गा खरिद गर्ने अर्का ब्यापारी सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियालाई पनि प्रहरीले पक्राउ गरेको छैन । शारदा ग्रुपका शिवरतन सारडा र सन्दीपकुमार सारडालाई पनि प्रहरीले पक्राउ गरेको छैन । ललिता निवासको जग्गा हडप्ने अरु ब्यापारीहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सीआईबीकी डीआईजी किरण बज्राचार्यले पक्राउ नगर्नुलाई रहस्यका रुपमा हेरिएको छ ।
ललिता निवास जग्गामा मुछिएका सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाका नाममा २०७६ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा सार्वजनिक सूचना नै जारी गरेको थियो । उनी सम्पर्कमा नआएपछि अख्तियारले सातदिनभित्र कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको थियो । अख्तियारले २०७६ माघ २२ गते ललिता निवास क्याम्पको जग्गा प्रकरणमा अनियमितता गर्ने १ सय १० जनाबिरुद्ध मुद्दा दायर गरेको थियो ।
ललिता निवासमा मुछिएका अर्का ब्यापारी सज्जनकुमार चाचानलाई पनि प्रहरीले पक्राउ गरेको छैन । त्यस्तै, किया मोटर्सका साहु सुहृद घिमिरे र पुरुषोत्तम पौडेललाई समेत सीआईबीले अहिलेसम्म पनि नियन्त्रणमा लिएको जानकारी दिएको छैन । बालुवाटारको प्राइम लोकेसनको जग्गा दर्ता गर्नेमा धेरै ब्यापारी छन् ।
यसअघि औषधिको लागि आयात गरिएको अरबौंको स्यूडो लागूऔषधको रुपमा बिक्री गर्ने सांघाई ग्रुपका गोविन्दलाल संघाई, प्रमोश शेरचन, प्रमोद गुरुङ पनि छन् । त्यसैगरी सिपीका खेतान, डिम्पल बंशल पनि ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend