काठमाडौं। बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज दुई जनालाई पक्राउ गरेको हो। नापीका दुई कर्मचारीहरू योगराज पौडेल र नारायणदत्त मिश्रलाई नियन्त्रणमा लिइएको हो। उनीहरू सो प्रकरणको समयमा नापी विभागमा कार्यरत थिए।
‘तात्कालीन नापी विभागमा कार्यरत दुई कर्मचारीहरुलाई पक्राउ गरेका छौं,’ ब्यूरोका एसएसपी दिनेश आचार्याले भने।
प्रहरीले १४३ रोपनी जग्गा हिनामिनामा चारवटा मुद्दा बनाएर अनुसन्धान गरिरहको छ। जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तात्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरि नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा गरिएको देखिएको भन्दै प्रहरीले केही समयदेखि अनुसन्धान गरिरहेको छ।
यस प्रकरणमा अहिलेसम्म १४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत १२ जना छन्।
प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४०६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २०९ जनाको पक्राउ पूर्जी लिइसकेको छ।
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend