Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीको हातबाट जुस खाएर तोडे वीरेन्द्र जैसीले अनशन


    सोमबार, असार २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीले अनशन तोडेका छन् । प्रहरीको गोली लागि सख्त घाइते भई उपचार तथा क्षतिपूर्तिका लागि अनशन बसेका उनले आज तोडेका हुन् ।

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुस खुवाएर अनशन तोडाएका हुन् । अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोरेर उपयुक्त रोजगारीसमेतको व्यवस्था गरिदिने वचन दिएका छन् । आजबाट भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार