Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने


    सोमबार, असार २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ वानेश्वरमा बैठक दिउँसो ११ बजे बस्ने भएको हो ।

    सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका तय छ ।

    जसअनुसार बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार