Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश नं. १ मा इन्धनको अभाव नहुने


    सोमबार, चैत्र १७ २०७६
    755
    Shares
  • १ मिनेट पाठ
  •       मोरङ । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले  चिन्ता नगर्न आग्रह गरेका छन् ।

    अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत अर्थात् छ हजार २५ केएल रहेको प्रमुख साहले जानकारी दिए । ‘लकडाउनको अवस्थामा आम उपभोक्ताले ग्यासको अभाव होला कि भन्ने चिन्ता स्वाभाविक हो, त्यसैले निगमले ग्यासको आपूर्तिलाई व्यवस्थित तरिकाले वितरण गर्नेछ’, प्रमुख साहले बताए ।

    बिहीबार १७ थान (ग्यास बोकेको) बुलेट एकीकृत भन्सार जाँच चौकी विराटनगरमा आएर सात वटा हिजै नेपाल आयल निगमको कार्यालयमा आइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार