Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाटन अस्पतालमा कोरोना आशंकित एक ब्यक्तिको मुत्यु


    सोमबार, चैत्र १७ २०७६
    710
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । बुटवलमा आइतबार विदेशबाट फर्किएका एक कोरोना आशंकितको मृत्यु भएको भोलिपल्टै आज ललितपुरको पाटन अस्पतालमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।
    अस्पतालको आइसीयूमा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । तर उनको परीक्षणको रिपोर्ट आइनसकेको पनि स्रोतले बताएको छ । उनको सोमबार दिउँसो ३ बजेसम्ममा परीक्षण रिपोर्ट आउन सक्ने जनाइएको छ ।

    अस्पतालमा कोरोनाको आशंकामा तीन जनालाई आइसोलेसनमा राखिएको अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले जानकारी गराएका छन् । फागुन १४ गते अस्पताल आएका धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ३६ वर्षीय ती बिरामीको ३ बजेतिर रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।
    ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याइएको थियो र उनलाई आईसीयूमा भर्ना गरिएको मृत्तकका आफन्तले जनाएका छन् । १८ वर्षदेखि भारतीय सेनामा कार्यरत उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार