Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बल्खुबाट ४ जना ब्यापारी पक्राउ


    बुधबार, भाद्र ३१ २०७७
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्याज कालाबजारी गर्ने चारजना ब्यापारीलाई प्रहरीले पक्रेको छ ।  उद्योग बाणिज्य तथा आफुर्तिमन्त्री लेखराज भट्टले बुधवार बजार अनुगमन गर्दा कालोबजारी गरेको भेटेपछि उनिहरुलाई पक्रन प्रहरीलाई आदेश दिएका थिए । 

    पक्राउ पर्नेमा काभ्रे घर भएका  ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बारा घर भएका ५० वर्षीय हरिनारायण शाह कलवार छन् ।   मंगलबार सम्म ४८ रुपैयाँमा बिक्री भईरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजी बेचेको अनुगनको गर्दा फेला परेको थियो ।

    भारतले निर्यात रोकेको बहनामा ब्यापारीले स्टोर गरेको प्याज महङ्गो मूल्यमा बेचेका हुन् । उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार