Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित युवतीसँग कतारबाट आएका ३ जनाको रिपोर्ट नेगेटिभ


    सोमबार, चैत्र १७ २०७६
    720
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । कतारको दोहाबाट चैत ४ मा काठमाडौं आएको क्यूआर ६५२ विमानमा आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । फ्रान्सबाट कतार हुँदै आएकी युवतीमा कोरोना भाइरस देखिएपछि उनीसँगै आएका यात्रुहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको थियो । क्वारेन्टाइनमा बसेकामध्ये तीन जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

     नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित ६ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिकाले जानकारी दिएको छ ।

    यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच गर्न पठाइएकामा ती नमूना पनि नेगेटिभ नै आएको नगरपालिकाले जनाएको छ । बाँकेमा कोरोना भाइरसको आशङ्का गरिएका २३ मध्ये दुई चरणमा गरी १३ को रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । तेस्रो चरणमा शनिबार थप १० जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको छ । क्युआर ६५२ विमानमा कतारको दोहाबाट २ सय ५ यात्रु काठमाडौं आएका थिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार