Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ


    मंगलबार, भाद्र ३० २०७७
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैँ । ओखलढुङ्गामा  चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई बालकसहित १८ वर्षका युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । 

     रोपितलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक बस्नेतको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण पछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार