Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभामा आज विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा छलफल हुने


    सोमबार, असार १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

    आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ । यसैगरी, बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।

    जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माथि छुटाइएको बजेट माथि छलफल हुनेछ ।

    साथै, शिक्षा मन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार