Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • को हुन् पाँचौं संक्रमित युवती ?


    सोमबार, चैत्र १७ २०७६
    895
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पाँचौ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ४ मा कतारबाट आएकी बागलुङकी युवतीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ नेपाल आएकी उनी १९ वर्षीय महिला भएको जानकारी दिइएको छ । 

    \"\"

    कोरोना संक्रमणबाट बिरामी परेकी युवती दुई महिनाअघि बेल्जियम पुगेकी थिइन् । ११ कक्षामा अध्ययनरत उनी बेल्जियममा स्थायी बसोबासको कागजपत्र बनाउने सिलसिलामा गएकी थिइन् ।  बुवा, आमाले बेल्जियममा स्थायी बसोबासको कार्ड पाएपछि उनी कागजत मिलाउन त्यहाँ गएकी थिइन । बागलुङमा हजुर बुवा–आमासँगै बस्दै आएकी युवती बेल्जियम प्रस्थान गर्ने र बुवा नेपाल आएका थिए । उनी बेल्जियमको लुभेनस्थित एक नेपाली समाजसेवीसँग बसेकी थिइन् । संक्रमित युवती ती समाजसेवीकी आफन्त रहेको स्रोतले बताएको छ ।

    पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरले चैत ७ गते नै बागलुङकी ती युवती चैत ४ मा कतारबाट आउने २ सय ५ जना यात्रुमध्ये एक रहेको कुरा सामाजिक संजालमा लेखेका थिए । त्यतिबेला उनले लेखेका थिए–‘क्यूआर ६५२ बाट आएकामध्ये ४ जना बागलुङका रहेका छन् । तीमध्ये २ महिला र २ पुरुष रहेका छन् ।  गोपनीयतका कारण उनीहरुको नाम र पासपोर्ट नम्बर खुलाइएको छैन । संयोग ती नामबाट फेसबुक हेर्दा एक जना बेल्जियम गएको ट्राभल हिष्ट्री देखिन्छ । आवश्यक परे नाम, पासपोर्ट नम्बरबारे इन्बक्समा कुरा गर्न सकिन्छ ।’ 
    मगरले पासपोर्ट नम्बर र नाम नै दिन सकिने कुरा प्रष्टसँग राख्दा पनि बागलुङका सरोकारवाला कसैले चासो राखेनन् । फलस्वरुप पत्रकार मगरले लेखेको ८ दिनपछि बेल्जियम गएको ट्राभल हिष्ट्री देखिएकी युवतीमा कोरोना पोजेटिभ देखियो । ८ दिनको बीचमा उनी कहाँ कहाँ गइन्, त्यसबाट कति संक्रमित भए, त्यसको हिसाबकिताव बिस्तारै देखिनेछ । पत्रकार मगर बागलुङकै हुन् ? 

    कोरोना पहिलो ब्यक्ति चीनको वुहानबाट आएका युवा थिए । उनी ठीक भएर गइसकेका छन् । त्यसपछि भेटिएका पाँचौं नम्बरसम्मका संक्रमित कतार र दुवईबाट आएकाहरुमात्र छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार